यातायात कार्यालयका सबै सेवा देशभर अनिश्चितकालका लागि बन्द

देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ । ’ विभागले…