प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका छन् । प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरेका छन। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री…