चिनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीनः बाणिज्य मन्त्रालय

अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ। मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार…