स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ति जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो । काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने…