आर्थिक क्रियाकलापका क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहे पनि उत्पादनका क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त भएको पर्याप्त तथ्य पाइँदैन । देशभर झण्डै ३५ हजार सहकारी संस्थासँग झण्डै सात खर्ब बचत छ । तर उत्पादनका क्षेत्रमा पूँजी परिचालन हुन नसक्दा आयात प्रतिस्थापन गर्न नसकिएको टड्कारो उदाहरण छ ।मुलुकको अर्थतन्त्रको आकारको तुलनामा सहकारीकर्मीसँगको बचतको अंश हेर्दा उल्लेखनीय रहेको पाइन्छ…