सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नरहेको संकटपूर्ण अवस्थामा सरकारले अध्यादेशबाटै आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्न लागेको हो । आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा बजेट पेस गरेपछि मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे…