सुनको भाउमा नयाँ रेकर्ड, नेपाली बजारमा हाल सम्मकै उच्च मूल्यमा कारोबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ८०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो । तेजाबी सुन पनि प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मूल्य एकैदिन प्रतितोला ८०० रुपैयाँले बढेको छ । …