चालु आवमा ७ प्रतिशतको आर्थिक वृद्धिः मन्त्री खतिवडा, आन्तरिक उत्पादन वढाउन आगामी बजेट केन्द्रीत

सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । आगामी आवको बजेट निर्माणमा जुटेको सरकारले क्षमताअनुसारको कामको अवसर, मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधारस्तरीय सामाजिक सेवाको सहज उपलब्धता, राष्ट्रिय पूँजीको सम्वद्र्धन, आधुनिक प्रविधिको विस्तार र सुशासन…