पुर्खौली सम्पत्तिमा ठूलो कर : नेपालमा कति सम्भव, कति सार्थक ?

अर्थ मन्त्रालयले पुर्खौली सम्पत्ति नामसारी गर्दा उच्च कर लिने विभिन्न देशमा स्थापित अभ्यास अङ्गाल्नेबारे छलफल अगाडि बढाउने तयारी गरेको छ। अर्थमन्त्री युवराज खतिवडाका अनुसार यो अवधारणा अहिले प्रारम्भिक चरणमा छ। ब्रिटेन, अमेरिका, जापान र ब्राजील लगायतका विभिन्न देशहरूमा पुर्खौली सम्पत्तिमा ठूलो 'इन्हेरिटेन्स ट्याक्स' वा त्यस्तै प्रकारको कर लगाइन्छ। अर्थ मन्त्रालयले गठन प्रक्रिया अघि बढाएको राजस्व…