सरकारले खारेज गरेको विद्यालय युवाहरुको सक्रियतामा पुन: संचालनमा आएपछि नमूना बन्दै

सरकारले बन्द गरेको विद्यालय स्थानीय युवाहरुको सक्रियतामा पुन संचालनमा आएपछि नमूना विद्यालयको रुपमा परिणत हुन थालेको छ । पोखरा महानगरपालिका वडा नं १८ सराङकोट सिमतालमा रहेको सरस्वती प्राथमिक विद्यालय विद्यार्थी संख्या कम भएको भन्दै सरकारले ०७२ सालमा बन्द गरेको थियो । २६ बर्ष पुरानो विद्यालय एकाएक बन्द भएपछि त्यहाँका बालबालिकाहरु नीजि विद्यालयमा पढ्न बाध्य भएका…