भीमफेदी-कुलेखानी सुरुङमार्गको नाम ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’, निर्माणका लागि स्रोत व्यवस्थापन

सङ्घीय राजधानी काठमाडौँसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ । आयोजनाको कूल लागत १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ ।…