कोभिड-१९ को जोखिम हुन नदिन 'लकडाउन' जारी रहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ ।व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् । कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ/सस्थाले बताएका छन्…