अत्यआवश्यक सामाग्री लिन भारतबाट आएको ट्रकमा एक करोड ९ लाख भारु भेटियो

0
Shares

भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको ठूलो परिणाममा भारतीय रुपैयाँ बरामद गरेको छ।

मोरङको रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा भारतीय ५ सय दरका नोट करिब १ करोड ९ लाख रुपैयाँ भन्दाबढी रकम फेला पारेको हो।

रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।