हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो । भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र मिलबाट…