अर्थतन्त्र परिवर्तनशील हुन्छ । अर्थतन्त्रले समयसमयमा आन्तरिक र बाह्य दबाबको सामना गर्नुपर्ने हुन्छ । देशभित्र जनासाङ्ख्यिक बनोट, उपभोक्ताको चाहना र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भू–राजनीतिक द्वन्द्व, देशहरूबीचको आ–आफ्ना आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाका नीति÷नियममा आउने परिवर्तनले पनि अर्थतन्त्रमा प्रभाव पार्दछ । अर्थतन्त्रको अवस्थाबारे सूक्ष्म रूपमा विश्लेषण गरिरहनुपर्दछ । अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै…