काठमाडौँ । विगतका केही वर्षदेखि मकै आयात बढ्दै गएको छ । नेपालको अधिकांश क्षेत्रमा उत्पादन हुने मकै अन्य देशहरुबाट अर्बौँको आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको हो । नेपालका ७० प्रतिशत मानिसको मुख्य पेसा कृषि हो । तर, वर्षेनी कृषि उत्पादनको आयात भने बढिरहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा…