अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको मुद्दा मिलाइदिने भनी घुस माग्ने सुन्धारा कारागारमा कार्यरत असईविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ६० लाख घुस मागेको आरोपपत्रसहित असई उमेश केसीमाथि आज मुद्दा दायर गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई…