हतार गरेर विद्यालय र पसलहरू खोल्दा कोरोना फर्किने चेतावनी

विश्व स्वास्थ्य संगठनले हतार गरेर विद्यालय तथा पसलहरू खोल्दा कोरोनाभाइरस फेरि आएर चर्किने सम्भावना रहेको चेतावनी दिएको छ। ‘विभिन्न देशहरूले बन्दाबन्दी र यात्रा प्रतिबन्धलाई खुकुलो बनाउनका लागि आकलन गरिरहेको हामीले थाहा पाएका छौं । तर देशहरूले बन्दाबन्दीका बेलामा कस्तो स्वास्थ्य उपाय अपनाउँछन् भन्नेमा यसको उत्तर लुकेको छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेसुसले बताए…