नेपालको शाहवंशीय इतिहासको जीवन्त साक्षीजस्तै बनेको पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबार गोरखा दरबारकै स्वरुपमा बनाउने गरी पुनःनिर्माण थालिएको छ । नेपालका बाइसे–चौबीसे राजाका पालामा कुलमण्डन शाहले राज्य गरेको यो दरबारको ऐतिहासिक एवम् सांस्कृतिक महत्वलाई दृष्टिगत गरी पुनःनिर्माण गर्न लागिएको हो । कास्कीकोटको ऐतिहासिक महत्व र यसको गरिमालाई उजागर गर्ने लक्ष्यका साथ गुप्तकाली कश्यप धार्मिक क्षेत्र…