मुला बिक्री हुन छाडेपछि म्याग्दीमा मुलाखेती सुस्तायो

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्ने गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभपछि उनी चिन्तित हुन थालेकी छिन् । “पहिले टोड्केको मुला किन्न बेनी, पुलाचौर, घतान, झिँ, पाखापानी, कुहुँ, बरंजादेखि मानिसहरु आउथे,” उनले भनिन्, “मुला बिक्री हुन छाडेपछि अहिले खेती पनि…