काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ बिदा भइसकेको छ । दसैँका लागि सहर रित्तै बनाएर गाउँ फर्किएका जागिरे र विद्यार्थीहरू फेरि गाउँ रित्तै बनाएर सहर भर्न आइसकेका छन् । यो वर्षको दसैँ प्राकृतिक विपत्तिले केही खल्लो बनायो । सयौँ परिवारका मानिस खाली निधार बस्नुपर्यो । धेरै परिवार निधारमा टीका र कानमा जमरा सिउरेर हिँड्नुपर्ने बेलामा…