गरिबीको दर सुदूरपश्चिममा सबैभन्दा धेरै

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० को नतिजा बमोजिम गरिबीको दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै देखिएको छ । सर्वेक्षणका अनुसार नेपालमा गरिबको दर २०.२७ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा भने ३४.१६ प्रतिशत रहेको छ । उक्त सर्वेक्षणले वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँभन्दा कम उपभोग गर्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखेको छ…