वाइको र आइएमई समुहलाई बचाउ गर्दै नेप्सेको जवाफ धितोपत्र बोर्डमा

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आइएमई समुह र वाइको प्रालीलाई बचाउ गर्दै धितोपत्र बोर्डलाई जवाफ पठाएको छ । गत फागुन ३० गते सेयर कारोबार नहुनुको कारण ब्रोकरहरुको डाटा सेन्टरमा आएको समस्या नै मुख्य देखाउँदै बोर्डलाई जवाफ दिएको हो । धितोपत्रको किनबेच नै नभएपछि धितोपत्र बोर्डले नेप्सेलाई ५ कार्यदिनको अवधि दिई के कारणले कारोबार रोकिएको हो र आगामी…