नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुगेको छ । देशभर सात हजार सर्किट किलोमिटर प्रसारण लाइन बनेको छ । विभिन्न ठाउँमा करिब दुई सयवटा सबस्टेसन छन् । वितरणलाइन पनि दुई लाख आठ हजार सर्किट किलोमिटर बनिसकेको छ । ९९ प्रतिशत जनता विद्युत्को पहुँचमा पुगेका छन् । नेपाल विद्युत् प्राधिरकणले…