काठमाडौँ । वातावरण प्रदूषण कम गर्नका लागि विश्वव्यापी रूपमा इथानोल प्रयोगमा जोड दिइरहेको समयमा नेपालमा पनि सरकारले यसलाई स्वीकृति दिएको छ । योसँगै पेट्रोल तथा डिजेलमा इथानोल मिसाउनेबारे विभिन्न छलफल तथा बहस हुन थालेका छन् ।
व्यवसायीहरू पेट्रोलमा १० देखि १२ प्रतिशत मात्र इथानोल मिसाएमा सवारी साधनबाट हुने प्रदूषण ३० प्रतिशतले घट्ने बताउँछन् । यसले वायु प्रदूषण कम गर्न सहयोग पुग्ने मात्र नभई सवारी साधनको माइलेजमा पनि सुधार आउने देखिन्छ ।
सरकारले इथानोल उत्पादनको पहिलो प्राथमिकतामा चिनी उद्योगहरूलाई राखेको छ । नेपालमा आधा दर्जन बढी चिनी उद्योगहरु सञ्चालनमा छन् । जस मध्ये २ वटा हिमालय र एभरेष्ट सुगर मिलका सञ्चालक हुन् शशीकान्त अग्रवाल ।
नेपाल चिनी उत्पादक संघका अध्यक्ष समेत रहेका अग्रवाल वायु प्रदूषण कम गर्न मात्र नभई डलर सञ्चिति बढाउन तथा अन्य प्रयोगमा समेत इथानोलले दक्षता बढाउने दाबी गर्छन् । नेपालमा पनि राज्यले प्रोत्साहन गरेमा आगामी ५ वर्षभित्र १० प्रतिशतको लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ ।
नेपालमा इथानोल उत्पादनका लागि चिनी उद्योगहरूले के–कस्तो तयारी गरेका छन् ? नेपाली बजारमा इथानोलको सम्भावना कस्तो छ ? यसको आवश्यकता किन ? लगायतका विषयमा नोटबजार संवाददाता अर्चना न्यौपानेले नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंशः
भिडियो संवादमा शशीकान्त अग्रवाल :
अहिले नेपालमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमा इथानोल मिश्रण गर्ने चर्चा भइरहेको छ । नेपाल जस्तो देशका लागि इथानोल मिश्रण किन आवश्यक छ ?
मलाई सम्झना छ, करिब २० वर्षअघि रामशरण महत अर्थमन्त्री हुँदा नै बजेट वक्तव्यमा इथानोल मिसाउने कुरा आएको थियो । यदि त्यही बेला निर्णय भएको भए आज हामी १० देखि १५ प्रतिशतसम्म मिसाउन सक्षम हुन्थ्यौँ ।
इथानोलको आवश्यकतालाई हामीले मुख्यतया तीन/चारवटा कोणबाट हेर्नुपर्छ । पहिलो, यो हाम्रो आफ्नै माटोमा उत्पादन हुने इन्धन हो । हामीले उपभोग गर्ने पेट्रोल शतप्रतिशत आयातित हो, तर इथानोल हाम्रै उखु किसान र चिनी उद्योगको पसिनाबाट बन्छ ।
दोस्रो महत्वपूर्ण पक्ष वातावरण हो । संसारभरि इथानोल प्रयोग भएको ४० वर्षभन्दा लामो इतिहास छ । अहिले विश्वव्यापी रूपमा जलवायु परिवर्तन र ग्लोबल वार्मिङको जुन समस्या छ, त्यसमा सवारी साधनको धुवाँको ठुलो भूमिका छ । यदि हामीले पेट्रोलमा १० देखि १२ प्रतिशत मात्र इथानोल मिसायौँ भने सवारी साधनबाट हुने प्रदूषण ३० प्रतिशतले घट्ने तथ्यांकले देखाउँछ । तसर्थ, वायु प्रदूषण कम गर्न यसले धेरै सहयोग मिल्छ ।
यस्तै, इथानोल प्रयोगले पेट्रोल आयात कम गर्छ । जसले हाम्रो वैदेशिक मुद्रा सञ्चिति केही हदसम्म जोगाउँछ । साथै, यसले उखु किसानहरूलाई प्रत्यक्ष फाइदा पु¥याउँछ । भारतमा २० प्रतिशत इथानोल मिसाएर बिक्री गरिन्छ । ब्राजिलमा ४० प्रतिशतसम्म मिसाइन्छ । नेपालले पनि मिसाउन सक्नु भनेको राम्रो कुरा हो ।
यसले सवारी साधनको कार्यक्षमतामा कस्तो प्रभाव पार्छ ?
कुनै गाडी १ लिटर पेट्रोलमा १० किलोमिटर चल्छ भने, १० प्रतिशत इथानोल मिसाउने बित्तिकै त्यो गाडी ११–१२ किलोमिटर चल्न सक्छ ।
यो एउटा प्रमाणित तथ्य हो कि इथानोल मिसाउँदा माइलेज बढ्छ । यसले इन्जिनको कार्यक्षमता सुधार्नुका साथै इन्जिनको आयु पनि बढाउँछ । उदाहरणका लागि, यदि कुनै गाडी १ लिटर पेट्रोलमा १० किलोमिटर चल्छ भने, १० प्रतिशत इथानोल मिसाउने बित्तिकै त्यो गाडी ११–१२ किलोमिटर चल्न सक्छ । यसले इन्जिनको आयु पनि बढाउँछ । इथानोल ‘ग्रीन’ र ‘नेचुरल’ इन्धन भएकोले इन्जिन लामो समयसम्म चल्छ ।
हामी पेट्रोलमा १० देखि ३० प्रतिशतसम्म इथानोल मिसाउने कुरा गरिरहेका छौँ । के नेपालको प्राविधिक र उत्पादन क्षमताले यसलाई धान्न सक्छ ?
दुर्भाग्यवश, यसमा निर्णय हुन धेरै समय लाग्यो । मलाई सम्झना छ, करिब २० वर्षअघि रामशरण महत अर्थमन्त्री हुँदा नै बजेट वक्तव्यमा इथानोल मिसाउने कुरा आएको थियो । यदि त्यही बेला निर्णय भएको भए आज हामी १० देखि १५ प्रतिशतसम्म मिसाउन सक्षम हुन्थ्यौँ ।
अहिलेको अवस्थामा, निर्णय त भएको छ तर कार्यविधि नहुँदा काम अघि बढ्न सकेको छैन । कार्यविधि बन्न कति समय पर्खिनुपर्ने हो थाहा छैन । हामीले सुरुमै ठुलो मात्रामा मिसाउन सक्दैनौँ । पहिलो वर्ष २–३ प्रतिशतबाट सुरु गरेर, अर्को वर्ष ४–५ प्रतिशत गर्दै बिस्तारै १०–१५ प्रतिशत पु¥याउने हो । यसमा राज्यको ठूलो भूमिका हुन्छ ।
उद्योगीहरूलाई यसमा आकर्षित गर्न राज्यको भूमिका कस्तो हुनुपर्छ ?
सरकारले उचित मूल्य तोकिदियो र खरिदको ग्यारेन्टी गरिदियो भने हामी देशलाई इन्धनमा केही हदसम्म भए पनि आत्मनिर्भर हुने बाटोमा लैजान सक्छौं ।
छिमेकी मुलुक भारतको उदाहरण हेर्ने हो भने, त्यहाँ इथानोल बनाउने चिनी उद्योगलाई राज्यले दुई प्रकारको सहुलियत दिन्छः कि त मेसिनरी खरिदका लागि १० वर्षसम्म सफ्ट लोन (न्यून ब्याजदरमा ऋण) दिन्छ, कि त पेट्रोलको भन्दा २०–२५ प्रतिशत बढी प्रिमियम मूल्यमा इथानोल किनिदिन्छ । नेपालमा पनि राज्यले यस्तै प्रोत्साहन गरेमा हामी आगामी ५ वर्षभित्र १० प्रतिशतको लक्ष्यमा पुग्न सक्छौँ ।
अहिले विश्व विद्युतीय सवारी (ईभी) तर्फ लम्किरहेको छ । हामी भने पेट्रोलमा इथानोल मिसाउने कुरा गर्दैछौँ । यो योजना कत्तिको दीर्घकालीन होला ?
मेरो विचारमा पेट्रोलबाट चल्ने गाडी कहिलै विस्थापित हुन सक्दैन । गाडीहरू पूर्ण रूपमा विस्थापित हुन अझै कम्तीमा ५० वर्ष लाग्छ । हाम्रो उत्पादनको मात्रा यति थोरै छ कि विस्थापित हुने समयसम्म पनि हामीले इथानोल आपूर्ति गरिरहन सक्छौँ । यसले गर्दा ईभी र इथानोल मिश्रित इन्धनसँगै जान सक्छन् ।
इथानोल परियोजनालाई सफल बनाउन सरकारसँग तपाईँको मुख्य माग के छ ?

सरकारले ‘इकोनोमिक भायबिलिटी’ (आर्थिक सक्षमता) हेरिदिनुपर्छ । हामीलाई एउटा उचित दर र काम गर्ने ठोस वातावरण मिलाइदिएमा हामी उत्पादन बढाउन तयार छौँ । सरकारले उचित मूल्य तोकिदियो र खरिदको ग्यारेन्टी गरिदियो भने हामी देशलाई इन्धनमा केही हदसम्म भए पनि आत्मनिर्भर हुने बाटोमा लैजान सक्छौं ।
नेपालमा इथानोल उत्पादनको अवस्था कस्तो छ ? कति उद्योगहरू यसमा सक्षम छन् ?
कार्यविधि स्पष्ट बनेपछि तत्कालै दुईवटा ठुला कारखानाले इथानोल उत्पादन सुरु गर्न सक्छन् । हाम्रो अहिलेको क्षमता दिनको करिब २ लाख लिटर जति हुन सक्छ, जुन बिस्तारै बढाउँदै लैजान सकिन्छ ।
इथानोल मुख्यतया चिनी कारखानाको सह–उत्पादन ‘मोलासिस’ (खुँदो) बाट बन्छ । यो खुँदो डिस्टिलरी, बियर र दाना उद्योगका लागि पनि कच्चा पदार्थ हो । अहिले नेपालमा चिनी कारखानासँग जोडिएका ४–५ वटा डिस्टिलरी छन् । कार्यविधि स्पष्ट बनेपछि तत्कालै दुईवटा ठुला कारखानाले इथानोल उत्पादन सुरु गर्न सक्छन् । हाम्रो अहिलेको क्षमता दिनको करिब २ लाख लिटर जति हुन सक्छ, जुन बिस्तारै बढाउँदै लैजान सकिन्छ ।
चिनीको सिजन सकिएपछि इथानोल उत्पादन कसरी गर्नुहुुन्छ ?
मोलासिस हामीले वर्षभरी नै बिक्री गर्छौ । त्यही मोलासिसलाई रुपान्तरण गरेर इथानोल बिक्री गर्छौ । उखु भण्डारण गरेर पनि उत्पादनलाई निरन्तरता दिन सकिन्छ ।
सरकारले इथानोलको मूल्य कसरी निर्धारण गर्नुपर्छ भन्ने लाग्छ ?
अन्य देशहरूमा सरकारले पेट्रोलको बिक्री मूल्यलाई आधार मानेर इथानोलको मूल्य तय गर्छन् । सामान्यतया पेट्रोलको बिक्री मूल्यबाट वितरण लागत र एजेन्सीको केही नाफा घटाएर इथानोलको खरिद दर तोकिन्छ । उदाहरणका लागि, यदि पेट्रोलको मूल्य १६०–१७० रुपैयाँ छ भने, त्यसमा केही प्रतिशत घटाएर ११० देखि १२० रुपैयाँको हाराहारीमा इथानोल किन्न सकिन्छ ।
तर, राज्यका निकायहरूले पेट्रोलको ठाउँमा स्वदेशी इथानोल मिसाएमा पेट्रोलबाट आउने ठूलो परिमाणको भन्सार र कर घट्छ । अहिलेको कमजोर आर्थिक स्थितिमा राज्य त्यो राजस्व ‘कम्प्रमाइज’ गर्न तयार देखिँदैन । यो सम्झौताको कुरा हो । छलफलमा मूल्य निर्धारण हुुनुपर्छ, जसले भोलिका दिनमा इथानोलको उत्पादनलाई थप प्रोत्साहित गर्दै जाओस् ।
यो पनि पेट्रोलमा इथानोल : इन्जिन बिग्रने डर कति ? यस्तो छ निगमको ‘मास्टर प्लान’










प्रतिक्रिया