नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा आईसीएफसी फाइनान्सका अमित श्रेष्ठ नियुक्त

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा आईसीएफसी फाइनान्सको डेपुटी सिइओ अमित श्रेष्ठ नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त थियो ।…