जुम्लामा एनसेलको फोरजी सेवा

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ। एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ। मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम…