धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताए । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको अपेक्षा थियो । रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले…