मालढुंगा–बेनी सडक स्तरोन्नति हुँदै

म्याग्दी । ‘तेह्र किलोमिटर लामो मालढुंगा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुंगा–बेनी सडक स्तरोन्नति आयोजनाका इन्जिनियर विष्णु चापागाईले मालढुंगातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म ५ किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप ५ किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । करिब २ किलोमिटर ढलान पनि गरिएको छ ।…