पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण सङ्कटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरी राजनीतिक अस्थिरता र बन्द हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको…