एनआईसी एसिया बैंकले ऋणीले बुझाउनुपर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। कोरोना महामारीको असहज परिस्थितिमा ग्राहकलाई सहुलियत दिन यस्तो योजना ल्याएको बैंकले जनाएको छ। यसअन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गर्नुभएका सम्पूर्ण ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको बक्यौता सावाँ तथा ब्याज भुक्तानी…