लामो समयदेखि विवादमा रहँदै आएको डेडिकेडेट र ट्रंक लाइनको विद्युत महसुल सम्बन्धी विवादमा उच्चस्तरीय समितिको संयोजकबाट भएको प्रेस वक्तव्यले थप तरङ्ग उत्पन्न भएको छ। सिमेन्ट उत्पादक संघ, नेपाल धागो उत्पादक संघ, र नेपाल स्टील रोलिङ्ग मिल्स एसोशियसनले विज्ञप्ती जारी गर्दै उच्चस्तरीय समितिको संयोजक वक्तव्यले विवाद निरोपन भन्दा भ्रमपूर्ण र उद्योगी व्यवसायीलाई आक्षेप लगाउने खालको भएको…