माथिल्लो तामाकोशीको नोक्सान बढ्दै, विद्युत उत्पादन मिति धकेलिँदा कहिले पाउने लाभांस ?

प्रक्षेपित समयभन्दा धेरै परसम्म पुग्दा पनि विद्युत उत्पादन सुरु गर्न नसक्दा माथिल्लो तामाकोशीको नोक्सान बढ्दै गएको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा नोक्सान घटेको देखिए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नोक्सानको आकार बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा तामाकोशीको खुद नोक्सानी २ करोड ३३ लाख ३९ हजार रुपैंया छ…