कोरोना संक्रमणबाट जोगिन बाहुबली सिमेण्टले बितरण गर्यो स्यानीटाइजर र मास्क


बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउन स्यानीटाइजर र मास्क बितरण गरेको छ ।

एभरेस्ट प्यारेन्टरल्ससँगको सहकार्यमा कम्पनीले काठमाण्डौं उपत्यका भित्र धेरै भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानीटाइजर बितरण सुरु गरेको हो ।

बालाजी सिमेण्ट इण्डष्ट्रिजका प्रवन्ध निर्देशक गौरव गाडियाले सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना संक्रमणको सम्भावित जोखिम न्युनिकरणमा अभियान चलाइएको बताए ।

कपिलवस्तुको चन्द्रौटामा कारखाना रहेको बालाजी सिमेण्ट इण्डष्ट्रीजले दैनिक २ हजार टनसम्म सिमेण्ट उत्पादन गरी बिक्री बितरण गर्दै आएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।