स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करीब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेड वापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्य सहित इप्पान प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान…