काठमाडौँ । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा करिब डेढ शताब्दीको गौरवशाली इतिहास बोकेको एम।बी। दुगड ग्रुपले आफ्नो स्थापनाको ८१औँ वर्ष प्रवेशको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा समूहका विभिन्न डिभिजन तथा शाखामा कार्यरत कर्मचारी, स्थानीय समुदाय, शुभेच्छुक र सामाजिक संघ–संस्थाको…