नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले बोलायो साधारण सभा

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले साउन ६ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही, बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने छ ।…