काठमाडौँ। सार्वजनिक यातायातलाई प्रविधिमैत्री, पारदर्शी तथा आधुनिक बनाउने उद्देश्यले साझा यातायातले डिजिटल टिकटिङ प्रणाली सञ्चालनमा ल्याउने पहल अघि बढाएको छ । यस अभियानमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले डिजिटल टिकटिङ प्रणालीको भुक्तानी साझेदारका रूपमा सहकार्य गरेको छ । सहकार्यअन्तर्गत साझा बसका यात्रुले डिजिटल माध्यमबाट सहज, सुरक्षित र पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ…