काठमाडौँ । नेपालको यातायात क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै फोटोन ब्रान्डलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ। आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको कमर्सियल सवारीसाधन क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत फोटोन उक्त सम्मानबाट सम्मानित भएको हो। एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले एक समारोहबीच अवार्ड ग्रहण…