तनहुँ । निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोणको शुभारम्भ गरे…