काठमाडौँ। आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विशेष ‘वर्ल्ड कप प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण सहज रूपमा हेर्न सक्ने व्यवस्था मिलाउन उक्त प्याकेज उपलब्ध गराएको जनाएको छ। नेपाल टेलिकमका अनुसार सम्पूर्ण ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।…