आईविबी किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई

काठमाडौँ। लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ । फाइनल खेल आइतबार, १२ जुलाई २०२६ मा सम्पन्न भएको थियो । आईविबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो ।…