काठमाडौँ। हिमालयन बैंक लिमिटेडले यूनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड यूनियनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार यस कार्डमार्फत ग्राहकहरूले चीन भ्रमणका क्रममा एटीएम, पीओएस, क्यूआर कोड तथा इ–कमर्स प्लेटफर्ममार्फत चिनियाँ मुद्रा युआनमै सहज भुक्तानी गर्न सक्नेछन् । विद्यार्थी, व्यवसायी तथा…