काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम करकट्टीको विवरण आन्तरिक राजश्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले ग्राहकहरुले यथाशीघ्र प्यान अद्यावधिक गर्नुपर्नेछ। ग्राहकहरुले बैंकको अनलाइन पोर्टल, मोबाइल बैंकिङ एप वा नजिकैको शाखा कार्यालयमार्फत…