चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबिच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच अत्यन्त सौहार्दपूर्ण रूपमा भएको…