सोमबार सुनको मूल्य १२०० रुपैयाँले घटेको छ । आइतबार ४०० रुपैयाँले घटेको सुनको भाउ सोमबार १२०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।…