मूल्यवृद्धि दर बढ्दै जाँदा घट्दै छ नेपालको जीडिपि

नेपालमा मुल्यवृद्धि नियन्त्रणमा नआउँदा त्यसको प्रभाव कुल ग्राहस्थ उत्पादनमा समेत पर्ने देखिएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको संयुक्त प्रयास महंगी नियन्त्रणमा प्रभावकारी नदेखिएको एशियाली विकास बैंकले प्रकाशन गरेको तथ्यबाट पुष्टि हुन्छ । एशियाली विकास बैंकले ‘एशियन डेभलपमेन्ट आउटलुक’ को डिसेम्बर अंक सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडिपी) वृद्धि…