काठमाडौँ । पछिल्लो दुई महिनायता नेपाली बजारमा चामलको मूल्य उल्लेख्य रूपमा बढेको छ । उद्योगदेखि खुद्रा बजारसम्म सबै प्रकारका चामलको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार २५ किलोको एक बोरा चामलको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म वृद्धि भएको छ भने आगामी दशैंसम्म मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ । भारतमा धानको…