दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने

दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी चैत महिनादेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको सो योजनाको हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न भैसकेको हुनाले बाँकी रहेको चार प्रतिशत काम सक्ने वित्तीकै विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ…