ढल्केबर सबस्टेसनको क्षमता बढाइयो, थप १०० मेगावाट विद्युत् आयात गर्न सकिने

धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको…